गीत संगीत मेरो प्राण हो – गायिका सुशीला पाठक

काठमाडौँ/ पुर्बको झापामा जन्मिएर काठमाडौँलाइ कर्मथलो बनाएर गायिका सुशीला पाठक सांगीतिक क्षेत्रमा सफलताको यात्रामा छिन् । सानैदेखि गायनमा रुची राख्ने गायिका सुशिला पाठक बिगत ३ बर्ष देखि व्यवसायिक गायिकाको रुपमा यो क्षेत्रमा प्रवेश गरेकी हुन् । संगीतकार शिला बहादुर मोक्तान तथा मनोज राज सिवाकोटीबाट संगीत सिकेकी सुशिला छोटो समयमा नै चर्चा कमाउन सफल भएकी छिन् । गायिका सुशीला अहिले राष्ट्रिय तथा अन्तराष्ट्रिय कार्यक्रमहरुमा आफ्नो प्रस्तुति दिँदै आएकी छिन् ।
दर्जनौ गीतहरुमा आफ्नो सुमधुर आवाज दिइसकेकी छिन् । रोमाण्टिक गित,आधुनिक गित, क्लाबिंग गित, लोक पप तथा अन्य सबै खाले गित गाउने गायिका सुशिलामा हर प्रकारका गित गाउन सक्ने क्षमता छ । उनि भन्छिन ्‘म गायन र मोडलिङलाई संगै लिएर जान्छु र यो क्षेत्रमा आफ्नो लक्ष्य प्राप्ति गर्छु ।
उनी छिट्टै एल्वम दिएर श्रोता माझ आउने तयारीमा छिन् । सुशीलाको उक्त एल्बममा जम्मा ६ वटा गितहरु संग्रहित हुने छ । सबै गितहरु उत्तिकै मेहनत गरेर बनाईएको हुदा सम्पुर्ण नेपालीहरुको मन मुटुमा बस्न सफल हुने कुरामा सुशीला ढुक्क छिन् । आफ्नो सांगीतिक यात्रा संग संगै सामाजिक कार्यलाइ समेत निरन्तरता दिदै आएकी सुुशीला भोलिको दिनमा एक राम्रो समाजसेवी भएर राष्ट्रको सेवा उनको योजना छ । उनी ब्रिटिस गोर्खा नेप्लिज काउन्सिल नेपालको संगीत बिभाग प्रमुख समेत रहेकी छिन् ।
गायिका तथा मोडलको परिचय बनाएकी सुशीलो धेरै कार्यक्रममा सम्मानित समेत भइसकेकि छिन् । उनि भन्छिन् –‘गित संगीत मेरो प्राण हो, संगीत मेरो रगतमा छ र मेरो हरेक धड्कनमा छ । उनी थप्छिन् नेपाली गित संगीत तथा सस्कृति भनेको हाम्रो सम्पति हो यसलाई बचाई राख्नु अनि संरक्षण र प्रबर्धन गर्नु हाम्रो कर्तब्य पनि हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *