तिज गित टिकी पनि रातोको छायांकन सम्पन्न

काठमाडौँ/हिन्दु नारीहरुको महान चाड तिज नजिकै जाँदा तिजको गितहरुको म्युजिक भिडियो आउने सुरु भएको छ । संगीतकार तथा गायक टंक बुढाथोकीको शब्द संगीत, गायक टंक बुढाथोकी, गायिका सरु गौतम, अनु गौतम, दिपक खतिवडा, अभ्यास भट्टराई तथा अनिशा भट्टराईको स्वररहेको ‘टिकी पनि रातो’को म्युजिक भिडियोको छायांकन सम्पन्न भएको छ ।
कलाकार तथा मोडल महादेव त्रिपाठी, करिश्मा ढकाल, राजेन्द्र गिरि, दिनेश भट्टराइ, मन्जु भट्टराई, अभ्यास भट्टराई, अनिशा भट्टराई तथा आदेश भट्टराईको अभिनय उक्त म्युजिक भिडियोमा रहेको छ । यस म्युजिक भिडियोको निर्देशन शंकर बिसीले गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *