पर्दामा हेरेजस्तो सजिलो छैन अभिनय : मोडल रुपा कंडेल

सानोमा स्कुलमा हुने कार्यक्रममा नृत्य गर्न नपाउँदा रुने रुपा कंडेल अहिले म्युजिक भिडियोमा सफल मोडलको रुपमा स्थापित भएकी छिन् । उनी स्कुलमा हुने हरेक कार्यक्रममा नृत्य गर्न अग्रसर हुन्थीन् । उनको कला देखेर सबैले मोडल बन भनेर हौसला दिन्थे । पाल्पामा जन्मेकी रुपाको सानैदेखी कला प्रति रुचि थियो । कला प्रति आउने रहर उनको मन भित्र एकदमै प्रवल थियो । चञ्चले स्वभावकी उनी टेलिभजनमा अरुले गरेको अभिनय जस्ताको तस्तै गर्थिन । स्कुलमा तीज गीत गाएर उनले पुरस्कार समेत जितेकी थिइन । पहिलो चोटी टेलिभिजनमा आफैले अभिनय गरेको गीतको भिडियो हेर्दा खुशीको सिमा नभएको बताउछिन् । धोका दिर्यौ बोलको गीतबाट कलाकारिता यात्रा प्रारम्भ गरेकी रुपाले आफ्ना रहर पुरा हुँदा संसार जितेको अनुभुति भएको सुनाइन् । छोटो समयमा उनले १३० भन्दा बढि म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन् । अहिले रुपाले अभिनय मार्फत दर्शकको मन जित्न सफल भएकी छिन् । जीवनमा ममि रमा खनालको सहयोगलाई कहिले विर्सन नसक्ने बताइन् ।
उनले सुरुमा नै कुनै पुराना कलाकार भन्दा राम्रो अभिनय गरेर सबैलाई चकित पारेकी थिइन् । तीन वर्षको छोटो समयमा उनले पाएको सफलता लोभ लाग्दो छ । आज उनी जुन सफलताको मार्गमा अघि बढेकी छिन् त्यो उनी भित्रको प्रतिभा र उनको मेहनतको प्रतिफल हो । अभिनयको औपचारिक शिक्षा नलिएकी रुपाले आफु भित्रको प्रतिभाले नै उनलाई आजसम्म सिक्नु पर्ने आवश्यकता महशुस गर्नु परेन । बाहिर दुनियाँ भन्दा रंगीन दुनियाँ धेरै फरक रहेको अनुभव उनको छ । पर्दामा हेर्दा जस्तो सजिलो अभिनय गर्न नभएको उनको तर्क छ । आ–आफ्नो क्षेत्रमा चुनौति र अवसर रहेको उनले बताइन् । आजसम्म दर्शकले दिएको प्रतिक्रियाले उनी अगाडी बढ्न हौसला मिलेको हामीसंगको कुराकानीमा बताइन् । गायक राजेन्द्र कंडेलकी जिवन संगिनी रहेकी उनी कला क्षेत्रमा आउनुमा जीवनसाथीको ठुलो भूमिका रहेको बताइन् । आफ्नै संघर्षले कला क्षेत्रमा पाइला अगाडी बढाइरहेकी छिन् । परिवारको साथ र सहयोगको कारण काम गर्न सजिलो भएको उनले बताइन् । कलाकारिता र परिवारमा परिवार रोज्ने उनले बताइन् ।
भाबुक गीतहरुमा आफुलाई अभिनय गर्न सजिलो हुने उनको अनुभव छ । सबैबाट राम्रो प्रतिक्रिया आएको छ । तर अहिलेसम्म एउटा गीतमा मात्र नराम्रो कमेन्ट आएको उनले स्मरण गरिन् । कक्षा नौ पढ्दादेखी नै उनलाई प्रेम पत्र आएका थिए तर उनको मन कसैले जित्न सकेनन् । सबैलाई उनले हासेर टारिदिइन । पछि गायक राजेन्द्र कंडेलसंग प्रेम विवाह गरेकी हुन । एक अर्काले यो क्षेत्र बुझेको हुँदा काम गर्न सजिलो भएको बताइन् । सकारात्मक सोच राख्नु पर्ने र राम्रो काम गर्नु पर्ने उनको योजना छ । समाजले पचाउन सक्ने ड्रेस लगाउने उनले बताइन । हिट हुनका लागि मात्र छोटा लुगा नलगाउने प्रण उनमा छ ।
प्रतिस्पर्धी कलाकारहरुको भिडमा आफुलाई छुट्टै पहिचान दिन सफल रुपा कंडेल नेपाली मोडलिङ क्षेत्रमा सम्भावना भएको अभिनेत्रीको रुपमा परिचित छिन् । हरेक हप्ता सार्वजनिक हुने उनले अभिनय गरेका भिडियोहरुलाई दर्शकले उतिनै मन पराएका छन् । जीवनलाई सुख र दुःखको संगम मान्ने रुपा कर्ममा विश्वास राख्छिन् । उनले लोकदोहारी तथा आधुनिक गीतमा बढि अभिनय गरेकी छिन् । सुन्दर रुपकी धनी रुपा सफलमा अभिनेत्री हुनु पर्ने गुणले सजिएकि छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *