प्रेम गर्न समय छैन – सारिका घिमिरे

अभिनेत्री सारिका घिमिरे नेपाली अभिनय क्षेत्रमा आफ्नो छुट्टै छाप र पहिचान बनाउन सफल भएकी छन् । सानोमा चञ्चले स्वभाव भएकी उनी टेलिभिजनको पर्दामा अरुले गरेको नृत्य र अभिनय हेर्दै त्यस्तै बन्ने सपना सजाएकी थिइन । पूर्व कि सारिका घिमिरे स्कुल पढ्दा नृत्य, गाउन र नाटकहरुमा अभिनय गर्न भने पछि अरु केहि चाहिदैनथ्यो । त्यसको परिणाम आज उनी लोकप्रिय अभिनेत्री बन्न सफल भएकी छन् । भविष्यमा गायिका भन्ने लक्ष्यका साथ अघि बढेकी घिमिरे अन्ततः एक कुशल अभिनेत्री भइन । कला क्षेत्रमा परिवार तथा आफन्तमा कोहि नभएपनि उनलाई भने सानैदेखी कला मोहले तान्यो । परिवारका सदस्यको उनले गालि पनि खाइन तर हरेस भने खाइनन् । आफ्नो सपना पुरा गर्नका लागि निरन्तर अघि बढिन् । गायनको औपचारिक शिक्षा समेत लिएकी उनी गाउनसगैं गीत लेख्छिन् । अभिनयसगैं गायनलाई अघि बढाउन सोच राखेकी उनी छिट्टै एल्वम निकाल्ने तयारीमा छिन् । गायन बाहेक नृत्य र अभिनयको भने उनले औपचारिक शिक्षा नलिए पनि आफु भित्रको प्रतिभा कै कारण यहाँसम्म आइपुगेकी उनी बताउँछिन् ।
२०६५ बाट कलाकारितामा प्रवेश गरेकी उनले अहिलेसम्म ३ दर्जन भन्दा बढि म्युजिक भिडियो र ८ वटा भन्दा बढि चलचित्रमा अभिनय गरिसकेकी छन्  । आफुलाई जब टेलिभिजनको पर्दामा देखिन तब उनको खुसीको सिमा रहेन । उनको दृढ संकल्पको अगाडी परिवारको पनि केहि लागेन । आफ्नो पहिलो खुसी उनले परिवारका सदस्यहरुसगैं बाढेकी थिइन । त्यो दिन उनीे विर्सन्न नसक्ने क्षण भएको बताउँछिन् । म्युजिक भिडियो भन्दा चलचित्र गर्न गाह्रो हुने उनको अनुभव छ  । फरक विषयवस्तुका चलचित्रमा अभिनय गर्दै आएकी उनको चाहना पनि त्यस्ता चलचित्रहरुमा अभिनय गर्ने रहेको छ । आगो–२, जीवन काडाँ की फुल, रक्तभोग, रामकुमारी जस्ता फरक विषयवस्तुका चलचित्रमा अभिनय गरेकी छन् । आफु भित्रको क्षमता अझ देखाउन नपाएकोमा उनी दुखि छिन् । कला भनेको स्वच्छ मनोरञ्जन दिने माध्यम भएको उनी बताउँछिन् । सारिका घिमिरे आफुलाई अभिनेत्री भनेर चिनाउछिन् ।


हरेक कुराको समय आउँछ भन्छन् तर मेरो प्रेम गर्ने समय नआएको उनी बताउँछिन् । प्रेम प्रस्ताव भने उनलाई स्कुल पढ्दादेखी नै आएको तर आफ्नो करियर बनाउने बेलामा त्यतातिर सोच्ने फुर्सद नभएको बताइन् । उनको सपनाको राजकुमार बुझ्ने, माया गर्ने होस भन्ने उनको चाहना छ  । चलचित्र क्षेत्रमा काम गर्दा नराम्रो सोचका साथ त्यस्तो प्रस्ताव नआएको बताइन् । बरु चलचित्रमा नै लिनु भएको छैन् तर आजसम्म चलचित्रमा खेल्नकै लागि अन्य प्रस्ताव नआएको खुलाईन । कसैले चलचित्र खेल्नकै लागि प्रेम वा अन्य प्रस्ताव राख्छ भने त्यस्तो चलचित्रमा काम गर्दिन । चलचित्र तथा म्युजिक भिडियोमा परिवारले पचाउने सिन दिन उनी तयार रहेको बताइन । सारीमा भने उनलाई राम्री देखीने बताउँछिन् । जीवनमा सिकेर कहिले पनि नसकिने तर्क उनको छ  । बहुप्रतिभाकी धनी सारिका अभिनयमा नआएको भए गायिका हुने बताउँछिन् । हरेक कामबाट आफ्नो कमजोरी औल्याउँदै त्यसलाई हटाउँदै लैजान्छु । उनी भन्छिन् –‘चलचित्र क्षेत्रमा नै लाग्छु भन्ने हो । तर भोली के हुन्छ थाहा छैन् ।’
चलचित्रका नाममा विभिन्न विकृतीहरु रहेको उनले बताइन । अझ चलचित्रकर्मीमा एकता नभएको र एकले अर्काको खुट्टा तान्ने प्रवृति प्रति असन्तुष्ट पोखिन । एउटै क्षेत्रमा काम गर्ने भएपछि मिलेर जानुपर्ने तर्क उनको छ । एकले अर्काको अस्तित्व स्वीकार गर्न सक्नुपर्दछ । उनको विचारमा संघ खोलेर काम भन्दा पनि पदका लागि मात्र भएका छन् । त्यो नभई सबै मिलेर चलचित्र क्षेत्रमा काम गर्नु पर्ने उनी बताउँछिन् । कलाकार राष्ट्रको सम्पति हो । त्यसैले कलाकारले राजनीति गर्नु राम्रो होइन, कलाकार सबैको साझा हुने उनको भनाइ छ । सफलताको मार्ग पहिल्याउन उनले धेरै मेहनत र परिश्रम गरेकी छन् । कलाकारितामा उनलाई राम्रो सम्भावना बोकेकी अभिनेत्रीको रुपमा लिने गरिएको छ । भर्खरै मात्र अन्तराष्र्टिय एवार्ड प्राप्त गरेकी सारिकाको व्यस्तता निकै बढ्दो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *