संगीतमा नाफा नोक्सान हुदैन– गायक जोहेब मानन्धर
काठमाडौं/गायक जोहेब मानन्धर अहिले चर्चामा छन् । नयाँ वर्ष को सुरुवातसगैं २ वटा भिडियो सार्वजनिक गरेका गायकको दुवै गीत अहिले दर्शक श्रोताले मन पराइरहेका छन् । चर्चित गीत ‘म येस्तो गीत गाउन्छु’को रेमिक्स र गायिका र मोडेल रमिता भन्डरीसंगको युगल गीत ‘के यो माया हो’ रहेका छन् । २० वर्षदेखी सांगीतिक क्षेत्रमा सक्रिय रहेका छन् । हिजो जस्तै आज पनि गायक जोहेब संगीतमा क्रियाशिल छन् । २०५०को दशकबाट सांगीतिक यात्रा सुरु गरेका गायकको ६ वटा सोलो एल्बम र थुप्रै कलेक्सन गीतहरु सार्वजनिक भएका छन् । गीत गाउनुको साथै संगीत सृजना र लेखनमा पनि राम्रो प्रतिभा भएका जोहेब आफूले गाउने गीतहरु प्राय आफ्नै शब्द र संगीत भर्ने गर्छन् । गायक जोहेब संगीत क्षेत्रमा व्यस्त छन् ।
उनको संगीतमा थुप्रै गायक गायिकाले आफ्नो आवाज भरेका छन् । पछिल्लो समयमा स्मिता घिमिरे, सुनिता दाहाल र रमिता भन्डरीसंग सहकार्य गरेका छन् । २०५७ सालमा चर्चित गीत आफ्नै शब्द र संगीतमा ‘म येस्तो गीत गाउन्छु’ बाट राता रात चर्चित बनेका गायक यहि गीतबाट पहिला इमेज अवार्डबाट सम्मानित पनि भएका थिए। त्यसपछी सेलिना, कड्के नजर, चादँनी रातमा, तिमी विना शुन्य शुन्य लाग्छ, लालुपाते, किन किन लगायतका गीतले जोहेबलाई नेपाली संगीतिक क्षेत्रमा एउटा स्थापित गायकको रुप मा परिचित गरायो । उनी छिटै नयाँ भिडियो ‘तिम्रै चर्चा’ रिलिजको तयारी रहेका छन् । उनी भन्छन् भर्स्टाइल गायक संगीतकारमा चिनिने जोहेब हरेक पल्ट नौलो प्रस्तुती दिन्छन् । आवाजका धनी गायक थुप्रै कार्यक्रममा देश बिदेश पुगिसकेका छन् । यो क्षेत्रमा लामो समय लागेर के पाउनु भो र के गुमाउनु भो भन्ने प्रश्नमा गायक जोहेब भन्छन् ‘केही पाउने र गुमौनेको हिसाब त व्यवसायमा मात्र हुन्छ संगीतमा हैन ।’
अहिले गयिका र मोडेल रमिता भन्डरीसंगको ‘के यो माया हो’ मा आफै मोडलिङ गरेका भिडियो निकै दर्शक श्रोता ले रुचएका छन् ।