सिकेको एक हप्तामा नै पढाउन थाले – फोटोग्राफर कोइराला

अहिलेका व्यस्त फोटोग्राफर कमल कोइरालासंग नेपालमा फोटोग्राफीको सम्भवना, चुनौति र उनका जीवनका आयमका बारेमा गरेको कुराकानी :

व्यस्त हुनुहुन्छ है ?
हजुर ठिकै छु, अलि अलि अध्ययन अलि अलि अध्यापन अनि रेगुलर सेवाहरु ।
अलि खुलाई दिनुस न ?
स्नातकोत्तर राजनीतिशास्त्रको परिक्षा र अधिवक्ताको लाइसेन्सको तयारि, अनि दैनिक फोटोग्राफी, भिडियोग्राफि, भिजुअल एडिटिङ्ग एनिमेसनलगायतका तालिमहरुको अध्यापन र यी सम्बन्धि सेवाहरुमै व्यस्त छु अहिले ।
कसरि समय व्यवस्थापन गर्नु हुन्छ ?
प्राथमिकता अनुसार सबैलाई व्यालेन्स गर्छु अनि अध्यायन प्राय राति गर्छु ।
फोटोग्राफी, भिडियोग्राफि अध्यापनबाट कता गर्नु हुन्छ ?
कोटेश्वोरमा लोटस स्कुल अफ फोटोग्राफी एण्ड भिडियोग्राफि छ त्यहि पढ़ाउछु । अनि उपत्याका भित्रै र बाहिरका बिभिन्न कलेज, संघ सस्थाहरुले गर्ने तालिम, वोर्कसप र अन्तरक्रियाहरुमा रिसोर्स पर्सन भएर पनि गैराको हुन्छु । त्यसै गरि लोटस स्कुल अफ फोटोग्राफी एण्ड भिडियोग्राफिको एउटा देशव्यापी अभियान छ जसको नाम हो “तस्बिग्राफी“ जसमार्फत हामि असाध्यै बेसिक र स्पेसलाइज्ड फोटोग्राफिक ग्यान र शिप का साथै यसको स्कोप र चुनौतिहरुको बिषयमा विभिन्न खालका कार्यक्रमहरु गरिरहेका हुन्छौ ।
कस्ता खाले बिद्यार्थी आउछन प्राय ?
सबै खालका आउछन,बिशेष गरि मिडियामा काम गर्ने इछ्या भएकाहरु,सरकारी कर्मचारीहरु जस्तै नेपाल प्रहरी,सशस्त्र प्रहरी, नेपालि सेना , सूचना बिभाग, अख्तियार, राष्ट्रपति कार्यालय, बनस्पति बिभाग लगायत गैर सरकारी सस्थाका कर्मचारीसमेत र सबै खालका युवाहरु आउनुहुन्छ, अझ पछिल्लो समय महिलाहरुको पनि उलेख्य रुचि यसतर्फ तानिएको छ ।
कति कति समयको हुन्छन यो तालिमहरु ?
हामीले फोटोग्राफी, भिडियोग्राफि, भिजुअल एडिटिङ्ग र एनिमेसनको कोर्षलाई बेसिक ४५ दिन र एड्भान्स ९० दिनको बनाएका छौ, बिसेष कोर्ष गर्न चाहनेले १ हप्तादेखि १५ दिनसम्मको पनि तालिम लिन पाउने व्यवस्था छ ।
भविष्य कस्तो छ ?
दिन प्रतिदिन एसको स्कोप बढ्दो छ, हामीले हाम्रा बिध्यार्थिहरुलाई तालिमपश्चात जब प्लेसमेन्ट पनि गर्ने गर्छौ अझ अहिले त बजारले मागे अनुसार फोटोग्राफर, भिडियोग्रफरहरु दिन सकिरहेका छैनौ ।
यस्तो किन भएको होला त ?
किनकि यो अलि महँगो पेशा भएको छ,जागिर दिनेले क्यामरासहितको मान्छे खोज्ने भएर यसो भएको हो अनि क्यामराहरू र टेक्नोलोजी पनि नयानया आइरहेका छन् त्यसैले अप्डेटेड क्यामरा र टेक्नोलोजी अनुसार चल्न नासक्निलाई गाह्रो पनि छ ।
अनि अर्को महत्वपूर्ण कुरा यो क्षेत्रलाइ मान्छेहरु करियर ओरिएण्टेड भन्दा पनि सोखको क्षेत्रको रुपमा बुझछन र सिक्न आएपनि सोखकै रुपमा सिक्छन ! तर पछिल्लो समय यो पेशाको रुपमा निकै पोफेस्नल हुन थालेको छ यो एकदमै राम्रो कुरा हो ।
तपाइको अध्ययन र कार्यक्षेत्रको तालमेल अलि नमिलेझै देखियो त ?
मैले एमविएस र समाजशास्त्रमा डिग्री सक्काए र हाल कानुनको पनि अध्ययन पुरा गरि अधिवक्ताको लाइसेन्सको तयारीमा छु अनि पोलिटिकल साइन्स त मेरो रुचिको बिषय भएकोले यसपाली जोइन गरेको, यी सबै बिषयहरु मेरो पेशासंग र एक अर्कासग अन्तर सम्बन्धित नै छ ! ःद्यक् चाहि अलि अल्टर भैदियोझई लाग्ला त्यो नि कम्पनी म्यानेजमेन्टको लागि उपयोगी साबित भएको छ । कानुन, सोसियोलोजी र राजनितिशाश्त्र सबैको ग्यान सगै फोटोग्राफी प्राक्टिस गर्दा त यो झन् इथिकल र प्रोफेसनल भएको अनुभव मैले गरेको छु । कुनै पनि सैक्षिक दक्षता कहिले पनि खेर जान्न, यो त हामीले जति अन्तर सम्बन्धित गरेर ब्यबहारमा उतार्छौ उति सुन्दर र मोहक हुने गर्छ! यसमाथि म झन् मिडिया ल को बिद्यार्थी भएकोले म पक्का खालको इथिकल फोटोग्राफर हु ।
तपाइँ बन्ने चाही के त ? बजार र समाजले त तपाइलाइ एक सफल फोटोग्राफरको रुपमा चिनिसक्यो अझ थप अध्ययन किन ?
मलाई ककल्ले र केकेले कोको र केके बनायो र बनाउछ यो समयको कुरा रहेछ, तर मलाइ लाग्छ म फोटोग्राफर बन्न मात्र होइन फोटोग्राफर नै बनेर जन्मेको हु जस्तो लाग्छ, त्यसैले मर्दा पनि अन्तिम क्लिक फोटो खिचेरै मर्ने रहर जाग्या छ ।जबदेखि म बुझ्ने भए, सिरानीमा क्यामरा राखेपछि मात्र मिठो निन्द्रा लागेको अनुभव छ मसग अनि जीवनका खुशीहरु मैले आफैले खिचेका तस्बिरहरु भित्र भेटेको छु अनि आत्म सन्तुष्टिहरु आफ्ना सेवाग्राहीहरुको सन्तुष्टिहरुभित्र पाउछु ।
यो फोटोग्राफी मेरो प्यासन मात्र होइन मेरो जिन्दगि नै हो । यो अध्ययन अध्यापन त जीवन बाच्ने र अझ परिपक्क बन्ने प्रक्रिया मात्र हो बाकि त बश फोटोग्राफी ।
तपाइले नै भन्नुभो यो महँगो पेशा हो, कसरि आयो त्यति सानैमा क्यामरा ?
मेरो दाइको र उहाको साथिको पनि रुचि मिल्ने भएकोले उहाहरु मिलेर स्टुडियो खोल्नुभएको थियो, म उहारुको पछि लागेर हिडदाहिड्दै र पाच कक्षामा पुग्दा नपुग्दै मैले स्टुडियोमा प्रवेश पाए र दाइहरुले काम सघाएबापत दिनी दुइचार रुपया र आफुले खाजा नखाई बचाएको पैसाले नपुगेर मैले क्ीऋ दिदासम्म आफ्नो साइकल समेत बेची खष्खष्तबच कम्पनीको भि ३८००एन क्यामरा रु ३२००० तिरेर किने त्यहि क्यामरा हो सिरानी मुनि राखेर सुत्ने गरेको अनि बिराटनगरमा फ्रिल्यांसर भएर फोटो खिच्न थालेपछि दाइहरुले हाम्रो बिजनेस चौपट पार्ने भैस बरु यहि बाट काम गर भनेर जानकी स्टुडियोको सबै काम जिम्मा दिएपछि मेरो फोटोग्राफी करिएरले अलि गति लिन थाल्यो! दाइहरुको सोखलाइ विस्थापन गरेर मैले फोटोग्राफी र भिडियोग्राफिलाई मैले आफ्नो पेशा बनाए ।
अनि ?
त्यसपछि विविएस सकेर काठमान्डू छिरे र केहि समयको संघर्ष पश्चात पुतलीसडकको कान्तिपुर फोटोग्राफी इन्स्टिट्युट मा भिडियो एडीटीङ्ग सिक्न जान थालेको एक हप्तामै त्यहि र सिकिसकेपछि भिडियो एडीटीङ्ग पनि पढाउन थाले र तेस्पछि मेरो एकजना साथी र म मिलि लोटस इन्टरटेन्मेण्ट प्रा .लि. अन्तर्गत अ स्कुल अफ फोटोग्राफी एण्ड भिडियोग्राफी चलाइरहेका छौ ।
हेन्डसम हुनुहुन्छ, फोटो खिच्दाखिच्दै केटिहरु पछि लाउन्नन ?
(लामो हासो) हेन्डसम भंदिनुभो धन्यवाद । जे होस् पछि होइन अघि चाहि लाउँछन
फोटो खिच्दा अगाडी राख्नुपरेन ?
अब तपाइले सोध्नुभएको अर्थमा चाहि एउटा बिबाह खिच्न जादा ब्राइडल शुट्मा दुलहीले नै मलाइ भगाउ भनेर रुदा कति बेला बिहे अन्माउनुझै भएर पण्डितलाइ फकाएर चाडो सकाउन लगाएको अनुभवसम्म छ । अरु त् साथि बन्न खोज्ने, नजिक हुन खोज्नेहरु, फोटो खिचिदिनुस भन्ने अनि फेसबुकमा मेसेज गरेर हैरान पार्ने अलि बढि हुन्छन ! यो भनेको सामान्य नै हो ।
भनेपछि अब बिहाको सिजन सुरु भो, बेहुलिहरुले कपल र वेडिङ्ग शककट्मा कमल कोइराला नै खोज्छन रे नि त.. ?
त्यो चाहि प्राय महिलाहरु अलि बढि नै फोटोको पारखी हुने भएकोले मैले खिचेको तस्बिरहरु साथीभाई र दिदिबहिनिसग शेयर गर्नुहुन्छ अनि त्यसरी मसम्म काम आइपुग्छ ।
अनि हामीले अहिलेसम्म कहिँ पनि ब्यबसायिक बिज्ञापन गरेकै छैनौ, हाम्रो गुणस्तरीय कामले र सेवाले नै विज्ञापनको काम गरिरहेको छ र हामीले कम्पनि र हाम्रो सफलताको सूचक पनि सेवाग्राहीहरुको हामीप्रतिको बिस्वास सन्तुष्टिलाई मानेका छौ ।
अन्तमा तपाइजस्तै युवाहरुलाइ केहि भन्न मन लागेको छ?
इछ्याशक्ति भए आफ्नै देशमा उच्च शिक्षा हासिल गरि स्वावलम्बी भएर आफ्नो, परिवारको, समाजको र राष्ट्रकै चौतर्फी बिकासमा योगदान गर्न सकिन्छ त्यसैले बिदेशमा रहनुभएका र विदेश पलायन हुने सोच बनौनुभेका युवा साथीहरुलाई आफुमा र आफ्नो क्षमतामा बिश्वाश गरि अगाडी बढ्न खोजे केहि कुरा असम्भब छैन किनकि हामीमा कुनै पनि कुरा प्राप्त गर्न सक्ने अथाह सम्भावना छ,समयमै पहिचान गर्ने कुरामा नचुक्नुहोस भन्न चाहान्छु । साथै यदि कसैलाई यो क्षेत्रमा केहि गर्ने सोच छ भने हातेमालो गरेर अगाडी बढ्न आव्हान गर्छु, म र हाम्रो कम्पनी सदैब यहाहरुलाई हार्दिकतापुर्बक स्वागत गर्न तत्पर छौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *