यस वर्षको नेशनल बोस्टर ‘पपुलर मोडल अवार्ड’ कलाकार तथा संचारकर्मी राज लुईटेलले जिते

काठमाडौँ — फागुन १९।

राष्ट्रिय नाचघरमा सम्पन्न नेशनल बोस्टर म्यूजिक अवार्डमा यस वर्षको नेशनल बोस्टर ‘पपुलर मोडल अवार्ड’ कलाकार तथा संचारकर्मी राज लुईटेलले हात पार्न सफल भएका छन ।

लुईटेललाई अवार्ड कार्यक्रमका प्रमुख अतिथी तथा पूर्व अर्थमन्त्री एवं वरिष्ठ रचनाकार एसपी कोईराला, वरिष्ठ संगीतकार राजु सिंह लगायतले उक्त अवाड प्रदान गरेका थिए । गायक स्वरुपराज आचार्यको स्वरमा रहेको मृत्यु पछि बोलको गीतमा मोडलिङ्ग गरेर कलाकार राज लुईटेलले पपुलर मोडलको अवार्ड जित्न सफल भएका हुन । रचनाकार भवानी पोख्रेलको शव्द रहेको गीतलाई लाल बहादुर सुब्वाले संगीत श्रृजना गरेका हुन भने ऐरेन्ज चन्दु गोर्खालीको रहेको थियो । भिडियोलाई छायांकार अमृत सुनुवारले खिचेका थिए । भिडियोको सम्पादन माधव बेलवासे र भिडियोको निर्देशन निर्देशक एवं संचारकर्मी नव ढुंगेलले गरेका थिए ।

model,media person and event organizer raj luitel

पछिल्लो समय कलाकारिताका क्षेत्रबाट नेपाली गीत, संगीत एवं कला क्षेत्रको प्रवर्द्दनमा उल्लेख्य योगदान दिए बापत थुप्रै अवार्ड र सम्मान प्राप्त गर्न सफल लुईटेल राष्ट्र खबर पत्रिका, राष्ट्रखवर डटकम, तथ्य खबरडटकम, बिचार खबरडट कम, पेजेन्ट नेपाल डटकम, रंगपेजडटकम, फेयर एक्सप्रेस पत्रिका लगायत लोकप्रिय संचारमाध्यमका प्रमुख समेत हुन भने विभिन्न इभेन्टहरु आयोजना गर्दै सफल इभेन्ट अर्गनाइजरको रुपमा समेत स्थापित भै सकेका छन ।

करीव ३ दर्जन भन्दा बढी सौन्दर्य प्रतियोगिताहरुमा उत्कृष्ट निर्णायकको भुमिका निर्वाह गरिसकेका राज दर्जनौ प्रतिष्ठित संघ संस्थाबाट मात्र नभई भारतको एसिएस मिडियाको चर्चित अन्तराष्ट्रिय गोल्डेन स्टार अर्वाडबाट समेत सम्मानित भैसकेका छन । त्यस्तै भर्खरै मात्र थाईल्याण्डको बैंककमा अन्तर्राष्ट्रिय छायाँछवी अनर पत्रकारिता सम्मान–२०१८ बाट समेत लुइँटेल सम्मानित भएका थिए ।

बहुप्रतिभाका धनी राज सञ्चारकर्मी, इभेन्ट अर्गनाइजर, निर्णायक संगै एक कुशल कलाकार तथा मोडल समेत हुन । मोडलिङको सिलसिलामा नेपालका विभिन्न ख्यातिप्राप्त गायक गायिकाहरुको गीतको म्युजिक भिडियोहरुमा अभिनय गरि अवार्ड समेत हात पार्न सफल भै सकेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *