विश्व नृत्य दिवसको अवसरमा सम्मान र चलचित्र प्रदर्शन

विश्व नृत्य दिवसको अवसरमा राजधानीमा सम्मान र भाषा भाषीको चलचित्र प्रदर्शन गरिएको छ । नेपाल चलचित्र नृत्य संघ र साँस्कृतिक संस्थानले संयुक्त रुपमा नृत्य दिवसका अवसर पारेर गरिएको कार्यक्रममा सम्मान र भाषा भाषीको चलचित्र प्रदर्शन गरिएको हो ।

सो अवसरमा नृत्य निर्देशक गोविन्द राईलाई सम्मान गरिएको थियो भने चलचित्र विकास बोर्डका नव नियुक्त अध्यक्ष केशव भट्टराईलाई बधाई तथा शुभकामना ज्ञापन गरिएको थियो ।

चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा साँस्कृतिक संस्थानका महाप्रवन्धक राजेश थापा विशिष्ट अतिथि रहेका थिए ।

गणेश सुवेदीले सहजीकरण गरेको कार्यक्रममा कलाकारहरुले नृत्य प्रदर्शन गरेका थिए भने भाषा भाषीको चलचित्रलाई महत्व दिदै सागर लामाद्वारा निर्देशित तामाङ भाषाको चलचित्र ‘छारज्ञालम’ प्रदर्शन गरिएको थियो ।

कार्यक्रम नेपाल चलचित्र नृत्य संघका अध्यक्ष बसन्त श्रेष्ठको सभापत्वि र गोबिन्दा प्रभातको संयोजकत्वमा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *