श्रीपुरुष ढकालको शब्द तथा सन्तोष श्रेष्ठको संगीतमा  नयाँ गीत सार्वजनिक

काठमाडौं । वरिष्ठ गीतकार  श्रीपुरुष ढकालको शब्द तथा चर्चित संगीतकार सन्तोष श्रेष्ठको संगीतमा  नयाँ गीत सार्वजनिक भएको छ । ‘आज म तिमीलाई’ बोलको सार्वजनिक गीतमा गायिका अन्जु पन्त र गायक रवि थापा मगरले स्वर भरेका छन् । सार्वजनिक गीतमा माया प्रेमको गहिराइमा पुगेर संयोगान्त भाव सहित एक अर्काप्रतिको समर्पण प्रस्तुत गरिएको छ ।

कवि हेम प्रभासले निर्देशन गरेको गीतको म्यूजिक भिडियोमा अभिनेत्री शिल्पा पोखरेल र मोडल सनम कठायतले अभिनय गरेका छन् । कवि प्रभास पछिल्लो समय निर्देशनमा व्यस्त देखिन्छन् । चलचित्रको औपचारिक अध्ययनपछि निर्देशनमा लागेका उनले केहि साता अघि मात्रै निर्देशन गरेको ‘हावाको झोका’बोलको गीत अहिले निक्कै लोकप्रिय बन्दै गएको छ ।

‘आज म तिमीलाई’को म्यूजिक भिडियोमा मुकेश हुमागाईको छायांकन र टेकेन्द्र शाहको सम्पादन रहेको छ ।

 म्यूजिक भिडियो :

Leave a Reply

Your email address will not be published. Required fields are marked *