यसरी मनाईन कोरियोग्राफर तथा मोडेल हिमानी सुब्बाले आफ्नो जन्मदिन

 

थुप्रै ब्युटी प्याजेन्ट तथा र्याम्प शोको कोरियोग्राफी गरिसकेकी हिमानी सुब्बा तुम्बाहाम्फेले आफ्नो जन्मदिन सि वब्लु रेस्टुरेन्टमा सेलिब्रेट गरिन । उनको जन्मदिनको अवसरमा अमेजन इन्टरटेनमेन्टका ईभेन्ट म्यानेजर कमल खतिवडाले उनलाई सरप्राइज दिन बोलाउदैं केक काट्न लगाए । आफ्नो जन्मदिन आफ्ना प्रसंसक र शुभेच्छुकहरुले आयोजना गरिदिएपछि हिमानी पनि निकै हौसिइन् ।
सन् २०११ मै मिस परीको उपाधि जितेर मोडलको रुपमा रूपमा सक्रिय हुँदै सफल एबं ब्यबसायिक कोरियोग्राफरका रुपमा स्थापित भईसकेकी हिमानी बर्थडे पार्टीमा आफ्नो उमेर भने सार्बजनीक गरिनन । थुप्रै ब्युटी प्याजेन्टका बिजेताहरु सहभागी भएको उनको बर्थडे सेलिब्रेसनमा मिसेस क्यापिटल क्वीन नेपाल को तेर्श्रो सिजन र मिस एन्ड मिसेस धादिङको तयारी गर्दै गरेको पनि बताईन ।
अमेजन इन्टरटेनमेन्टमार्फत आयोजना हुने दुबै प्रतियोगिताको ईभेन्ट म्यानेजमेन्ट कमल खतिवडाले गरिरहेका छन भने कोरियोग्राफी हिमानीले गरिरहेकी छिन् ।

वर्षमा डेड दर्जनभन्दा बढि सौन्दर्य प्रतियोगिताको कोरियोग्राफी गरिरहेकी तथा देउरालीको दुई थुंगा फूलसहित आधादर्जन नाटकमा अभिनय गरिसकेकी हिमानीलाई हाम्रो पनि जन्मदिनको शुभ-कामना ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *