गायिका इन्दिरा भट्टराईको ‘तिमी हाँस्दा हासौँला’ गीतको म्यूजिक भिडियो सार्वजनिक (भिडियो सहित)
देउडा भाकाका गीतबाट डेढ दशक देखि निरन्तर नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गायिका इन्दिरा भट्टराईको आवाजमा रहेको ‘तिमी हाँस्दा हासौँला’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
इन्दिरा म्यूजिक एन्ड इन्टरटेनमेन्टको प्रस्तुति रहेको गीत यूट्युबमार्फत सार्वजनिक गरिएको हो । गायिका भट्टराईले यसअघि पनि धेरै गीतमा श्वर दिएकी छन् । आधुनिक गीत–संगीतकी सर्जक भट्टराईले गाएको ‘तिमी हाँस्दा हासौँला’ गीतमा सुवास खनालको शब्द, लालबहादुर सुब्बाको संगीत र सविन लिम्बूको संगीत संयोजन रहेको छ ।
महेश महराले छायाङ्कन गरेको म्यूजिक भिडियोको निर्देशन दीपक जोशीले गरेका छन् । तिलक फिल्म्सको पोस्ट प्रडक्सन रहेको गीतको म्यूजिक भिडियोमा दीपक जोशी र करिना श्रेष्ठले अभिनय गरेका छन् ।
हेर्नुहोस् भिडियो :