नायिका बर्षाको ‘नानी ज्यान’ पुष्पलाई

लामो समयदेखि अष्ट्रेलियामा बस्दै आएका गायक राजेश केसी र पछिल्लो पुस्ताकी चल्तीकी गायिका मेलिना राइको स्वर समावेश पछिल्लो गीत ‘नानी ज्यान’ सार्वजनिक भएको छ ।

सोमबार युट्युव मार्फत गीतको भिडियो पनि रिलिज गरियो । सार्वजनिक भिडियोमा अभिनेता तथा मोडल पुष्प खड्का र अभिनेत्री वर्षा शिवाकोटीले जोडी बाँधेका छन् । पुष्प अभिनित ठुलो पर्दाको ‘मंगलम’ रिलिजको क्रममा छ भने शिवाकोटी ‘भेरै’ फिल्मको सुटिङबाट केहि दिन पहिले मात्रै राजधानी फर्केकी थिइन् । फिल्म अभिनयसँगै भिडियोमा पनि उत्तिकै उपस्थिती जनाउँदै आएका पुष्प र वर्षा नेपाली सानो पर्दामा हिट जोडीमा गनिन्छन् । सञ्चारकर्मी समेत रहेका श्रीधर पौडेलको निर्देशनमा तयार भिडियोमा पुष्प र वर्षालाई प्रेम भावमा भेट्न सकिन्छ ।

पौडेलले पछिल्लो समय सञ्चारकर्म सँगसँगै भिडियो तथा विज्ञापन निर्देशनमा आफुलाई अब्बल प्रमाणित गर्दै आइरहेका छन् । यो भिडियोमा शब्द संगीत राजप्रताप केसीको छ भने एरेञ्ज बाबु प्रधानले गरेका छन् । ज्ञानेन्द्र शर्माले खिचेको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् । एशियन म्युजिकले भिडियोको बजार व्यवस्थापनको काम गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *