चर्चित रक गायक बिनोदको ‘दुःख’मा नेपालकै कान्छा र्यापर रोजनले र्याप दिएको भिडियो सार्वजनिक( भिडियो सहित)

काठमाडौँ  : गायक तथा संगीतकार विनोद ढकालको नयाँ गीत ‘दुःख’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा नेपालकै कान्छा ११ बर्षिय र्यापर रोजन बराइलीले र्याप दिएका छन् । सार्वजनिक गीतमा रोजन बराइलीको शब्द रचना रहेको छ भने गीतमा बिनोद ढकालको संगीत रहेको छ र गीतलाई दिनेश श्रेष्ठले एरेन्ज गरेका छन । प्राय रक गीत गाएर चर्चा कमाउदै आईरहेका रक गायक बिनोद बव मार्लीको समेत उपमा पाएका छन । करीव ७ वर्ष पश्चात आफ्नो लामो कपाल काटे लगतै बिवाह बन्धनमा बांधिएका विनोदले आफ्नो गीतमा ११ वर्षीय र्यापरलाई प्रस्तुत गरेका छन । गीतको म्युजिक भिडियोमा किशोर भण्डारी, कविता आलेमगर र जोर्डन फिचर भएका छन् भने यस भिडियोलाई सोनम पाख्रिनले निर्देशन गरेका छन । सन्जीत श्रेष्ठले खिचेको गीतको म्युजिक भिडियोलाई माधव वेलवासेले सम्पादन गरेका छन ।
भिडियो हेर्नुहोस :

Leave a Reply

Your email address will not be published. Required fields are marked *